आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लेटाङ घटना २० जनाविरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

सोमबार, २१ चैत २०७८, २० : ४९
सोमबार, २१ चैत २०७८

गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 

उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा  संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । 

यसरी ज्यान मुद्दामा अनुसन्धान गरिएकाहरुमा लेटाङ–५ काचन्द्र कान्तलामा, रविन राई, रविनतामाङ, प्रदिप राई, निशापुलामी मगर, सुरज अधिकारी र संंजय मगर रहेका छन् । यस्तै लेटाङ–६ कापालाराम राई, राम राई, सन्तोष पौडेल, हिमालश्रेष्ठ, मिक्लाजुङ्ग–२ घर भइ लेटाङ–५ बस्ने कृष्ण विक, लेटाङ ५ कै संजीवप्रधान, प्रनिस कट्टेल, जस्वीन पाख्रिन, सुनिललिम्बू, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ काश्रवण यादव रहेका छन् । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

यस्तै संजोग राईसहित ४२ जना विरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा ‘अभद्र व्यवहारको’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ परेका मध्ये १० जना भने विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ । 

शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई यौनदुव्र्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयमा हिंसा भड्किएको थियो । उक्त हिंसामा परी प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो भने अन्य २९ प्रहरी, सर्वसाधरण र शिक्षक घाइते भएका थिए ।

घटना साम्य भएसँगै उक्त विद्यालयमा पठन पाठन सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद मिश्रले विद्यार्थी न्यून संख्यामा मात्र विद्यालय आएको जानकारी दिए । विद्यालयमा कूल ७४१ जना विद्यार्थी अध्ययनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप