सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा सत्तारुढ दलहरु एकताबद्ध हुनुपर्छ : बाँनिया

सोमबार, २१ चैत २०७८, २० : ४५
सोमबार, २१ चैत २०७८

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा सोमबार भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु एकताबद्ध भइ चुनावी मैदानमा उत्रिने बताएका हुन् ।

उनले गठबन्धन गर्ने विषयमा पार्टीले गरेको निर्णय नै अन्तिम भएकाले त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

उनले गठबन्धनकै कारण काँग्रेस प्रदेशदेखि केन्द्रसम्म सरकारमा पुगेको स्मरण गराउँदै पार्टीको निर्देशनअनुसार मतदान गर्न पनि उनको कार्यकर्तालाई निर्देशन रहेको छ । उनले गठबन्धनको उम्मेदवारहरूले आगामी निर्वाचनमा सर्वसम्मत रुपमा तोकिने भएकाले उक्त निर्णय स्विकार गरेर अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।

सभापति बानियाँले पार्टीको उक्त निर्णयमा असहमति राख्ने र नमान्नेहरु पार्टी बस्न उचित नहुने पनि बताए । उनले पार्टीको निर्णय विपरित जानेहरूले काँग्रेस छाड्दा नै उचित हुने बताए ।

‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोहीअनुसार अगाडि बढ्नुपर्छ । गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा सर्वसम्मत रुपमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णयमा असहमति रहेका र नमान्ने तथा मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ ।’ उनले भने ।

प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले पार्टीमा सधैं एउटै व्यक्तिले अवसर नपाउने समेत दावी गरे । उनले अवस्थाको उचित मुल्याङ्कन गरेर पार्टीको हितमा काम गर्ने र जित्नसक्ने उम्मेदवारलाई टिकट दिने बताए । विगतका निर्वाचनमा सहभागि भएका सबैले यस पटक टिकट नपाउने उनको दावी छ ।

‘पार्टीमा सधै एउटै व्यक्तिले टिकट पाउँदैनन् । पार्टीमा आवद्ध भएपछि आफूले पाए ठिक, अरुले पाए बेठीक भन्ने धारणा राख्न हुँदैन । एकपटक हार्दा वा टिकट नपाउँदैमा कसैको राजनीति सकिँदैन । अवस्थाको मुल्याङ्कन गरेर पार्टीका हितमा निर्णय हुन्छ’ सभापति बानियाँले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप