क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
तनहुँ उद्योग वाणिज्य संघले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाणसँग माग गरेको छ । व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि संघले मन्त्री खाणलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए । “क्षतिको मूल्याङ्कनसहित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ, सरकारबाट यथोचित निर्णय हुनेमा विश्वस्त छौँ”, श्रेष्ठले भने ।
गृहमन्त्री खाणले आगलागीबाट पीडित भएकालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “जति क्षति भयो त्यति नै राहत दिन सरकारले सक्दैन, तर केही न केही सहयोग पक्कै गर्छौँ ।” आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब