आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पा काँग्रेसको चुनावी अभियान सुरु

सोमबार, २१ चैत २०७८, १९ : २५
सोमबार, २१ चैत २०७८

नेपाली काँग्रेस पाल्पाले  चुनावी अभियान सुरु गरेको छ । ‘घर घरमा जाऔं, काँग्रेस जिताऔँ’ भन्ने मुल नारासहित काँग्रेस पाल्पाले जिल्लाले सोमबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा काँग्रेस नेतृ सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीहरू विजय नहुँदासम्म विकास सम्भव नहुने बताइन् । यस्तै काँग्रेस क्षेत्र नम्वर –१ का क्षेत्रीय सभापति झमनबहादुर राजमगरले काँग्रेसले जनताको घरघरमा  पुगेर एसीसीबारे छरिएका भ्रमहरु चिर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य रामबहादुर राना, महाधिवेशन प्रतिनिधि हाजिलमिया, प्रवक्ता शोभाकर न्यौपाने, पूर्व पदाधिकारी एवं महासमिति सदस्य देवराजढकाल, उपसभापति ज्ञानबहादुर गाहा, कृष्ण प्रसाद अधिकारीलगायतले धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप