शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिन्छौं :  मन्त्री भुसाल

सोमबार, २१ चैत २०७८, १८ : ४०
सोमबार, २१ चैत २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । 

मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानुन मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उनले बताइन् । संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेश मार्फत् भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उनले बताइन् ।  

मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतिय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । पेट्रोलियम पदार्थको विकल्पका रुपमा जलविद्युतलाई लिनुपर्ने उनको भनाइ छ । 

उनले आगामी आर्थिक वर्षको बजेटमा विद्युतिय उपकरणको प्रयोगलाई बढाउने दिनेगरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने पनि बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप