बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी तालमेल गरेर अगाडि बढ्न शेखर कोइरालाको निर्देशन

सोमबार, २१ चैत २०७८, १७ : १०
सोमबार, २१ चैत २०७८

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी तालमेल गरेर अगाडि बढन कार्यकर्तालाई  निर्देशन दिएका छन् । काँग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए । 

नेता कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताए । कोइरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल नगर्ने आग्रह गरे  ।  कोइरालाले नयाँ मतदातालाई रुखबाहेक अन्य चिन्हमा मतदान गर्न लगाउने कुरा काँग्रेसका लागि चुनौती भएको वताए । उनले भने, ‘पहिलोपटक ३६ लाख मतदाताले मत दिँदैछन् । उनीहरूलाई हँसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो ।’ 

तालमेल गर्ने कुरालाई खराब नभए पनि नयाँ मतदातालाई मध्यनजर गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘एकातिर घरघर जाऔं काँग्रेस जिताऔँ भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन, व्यवस्थापन कसरी गर्ने । ”

यस्तै काँग्रेस केन्द्रीय सदस्य मधु आर्चायले काँग्रेसको एजेन्डामा गएर अन्य दलहरु पनि चुनाव लडन तयार हुनुपर्ने बताए । काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेसले स्थानीय तहमा उत्साह दिने किसिमको उम्मेदवार सिफारिस गर्दा उसैले टिकट पाउनुपर्ने बताए । 

सभापति शर्माले स्थानीय तहमा आवश्यकता अनुरुप मात्र तालमेल हुनसक्ने दावी गरे । नेता शर्माले घोषणापत्रमा नैतिक शिक्षा, गुणस्तरीय शिक्षा र निशुल्क स्वास्थ्यलाई समेट्न जोड दिए ।  कार्यक्रमा काँग्रेस नेता जगदीशनरसिंह केसी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ लगायतले स्थानीय तहको नि वाचन र तालमेलबारे धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप