बानाको अध्यक्षमा पन्त विजयी
बानाको अध्यक्ष पदमा सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट उम्मेदवारी दिएकाहरुमध्ये वरिष्ठ उपाध्यक्ष पदमा हिरा गुरुङको पक्षबाट लक्ष्मी भारती बाहेक सबै पन्तका समूहका उमेद्वारहरु विजयी भएका छन् ।
पन्तका तर्फबाट सशक्त वरिष्ठ उपाध्यक्षका उम्मेदवार अनिल गोदार उप बिजेता भएका छन् । सुबोध पन्त दोश्रो कार्यकालका लागि पुन विजयी भएका छन् । २०२२–२०२५ को लागि निर्वाचन हुने पदाधिकारीहरूमा क्रमश ः अध्यक्ष पदमा सुवोध विलास पन्त ,वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती , महासचिवमा सागर घिमिरे , कोषाध्यक्षमा पार्वती सिंह ऋचा विजयी भएका छन् ।
यसैगरी कार्यकारी समितिको सदस्यहरूमा क्रमश : बसन्त बस्नेत ,भुपेन्द्र गुरुङ, इशा गुरुङ, खिम बहादुर मश्रांगी, सन्तोष घिमिरे ,सरु विश्वकर्मा, श्याम कृष्ण कोइराला र यमुना घिमिरे विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी