आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

सोमबार, २१ चैत २०७८, १६ : ३३
सोमबार, २१ चैत २०७८

नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी ९पीएनजी० र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए । 

बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए । शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँंच सय डलर प्राप्त गरे ।

सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप