‘विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न रोकिएको छैन’
उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालयका प्रवक्ता तथा सह–सचिव मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका छन् ।
सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा बोल्दै प्रवक्ता भेटवालले मन्त्रालयले विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका हुन् । उनले नीजि क्षेत्रलाई विद्युत उत्पादन गर्नको लागि पीपीए गर्ने काम उर्जा मन्त्रालयको नभएर विद्युत प्राधिकरणको भएको बताए ।
सह–सचिव भेटवालले प्राधिकरणले मुलुकमा विद्युतको माग र आपूर्तिको आवश्यकता अनुसार नीजि क्षेत्रसँग पीपीए गर्ने बताए । उनले उत्पादन भएको विद्युत माग र निर्यातको अवस्थालाई हेरेर प्राधिकरणले निर्णय गर्ने बताए ।
त्यस्तै,प्रवक्ता भेटुवालले विद्युत ऐन बन्न नसक्दा नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन नसकिएको बताए ।
प्रवक्ता भेटुवालले कोरोनाको कारण विद्युत परियोजना बन्न नसकेको बताए । उनले विद्युत उत्पादन भएर मात्रै नभएर उपभोक्तासम्म पु¥याउनु पर्ने बताए । निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लायन्मा जोडनको लागि विभिन्न प्रसारण लाइनमा अदालतमा मुद्धा परेको कारण राष्ट्रिय प्रसारण लाइनमा जोड नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको विजेताले १ करोड १० लाख पाउने, अरूले कति ?
-
राजस्व परिचालन क्षमता सुधारमा संर्घषरत छौँ : अर्थमन्त्री
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
देशको सबैभन्दा ठुलो भ्रष्टाचार घोटालाका दोषीलाई चीनमा फाँसी दिइयो
-
ललितपुर महानगरलाई सबैभन्दा सफा सहर बनाउँछौँ : प्रमुख महर्जन
-
ट्रम्प र टिकटकका सीईओबिच भेटघाट, के भयो कुराकानी ?