शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न रोकिएको छैन’

सोमबार, २१ चैत २०७८, १६ : ३०
सोमबार, २१ चैत २०७८

उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालयका प्रवक्ता तथा सह–सचिव मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका छन् । 

सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा बोल्दै प्रवक्ता भेटवालले मन्त्रालयले विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका हुन् । उनले नीजि क्षेत्रलाई विद्युत उत्पादन गर्नको लागि पीपीए गर्ने काम उर्जा मन्त्रालयको नभएर विद्युत प्राधिकरणको भएको बताए । 

सह–सचिव भेटवालले प्राधिकरणले मुलुकमा विद्युतको माग र आपूर्तिको आवश्यकता अनुसार नीजि क्षेत्रसँग पीपीए गर्ने बताए । उनले उत्पादन भएको विद्युत माग र निर्यातको अवस्थालाई हेरेर प्राधिकरणले निर्णय गर्ने बताए । 
त्यस्तै,प्रवक्ता भेटुवालले विद्युत ऐन बन्न नसक्दा नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन नसकिएको बताए । 

प्रवक्ता भेटुवालले कोरोनाको कारण विद्युत परियोजना बन्न नसकेको बताए । उनले विद्युत उत्पादन भएर मात्रै नभएर उपभोक्तासम्म पु¥याउनु पर्ने बताए ।  निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लायन्मा जोडनको लागि विभिन्न प्रसारण लाइनमा अदालतमा मुद्धा परेको कारण राष्ट्रिय प्रसारण लाइनमा जोड नसकिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप