मतदाता शिक्षा निर्देशिका स्वीकृत

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन् ।
उनका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा शुरु भइ छपाइ कार्य जारी रहेको बताए ।
उनले स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने र सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल