बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको विद्यालयलाई सहयोग

सोमबार, २१ चैत २०७८, १६ : ११
सोमबार, २१ चैत २०७८

मुक्तिनाथ विकास बैंक लि.ले श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण  गर्नका लागि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई रु २ लाख आर्थिक सहयोग गरेको हो । 

बैंकले एक कार्यक्रमबीच २ लाखको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा लगायतको उपस्थिति रहेको थियो । यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरूलाई पढ्नका लागि राम्रो वातावरण बन्ने बैंकले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप