शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ताको फोहोरी खेलमा अलमलियौँ, अब सच्चिन्छौँ : कमल थापा

सोमबार, २१ चैत २०७८, १६ : ०८
सोमबार, २१ चैत २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् । सोमबार राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतमा जनमुखी र संगठनमुखी हुन नसकेको बताएका हुन् । 

उनले सत्ता केन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको स्पष्ट पारे । 
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठुला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए । भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे । 

धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्व तर्फ जानेमा समेत थापाले चिन्ता व्यक्त गरे । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा  संवर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे । अध्यक्ष थापाले सुनकोसी मरिन डाइभर्सनले असर गरेकाहरूको उचित क्षतिपूर्ति पाउनु पर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप