मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

निरन्तर ओरालोतर्फ नेप्से : आज १४ अंकले घट्दै २५ सयको बिन्दुमा

सोमबार, २१ चैत २०७८, १५ : ४०
सोमबार, २१ चैत २०७८

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको हो ।

आज नेप्सेमा २५ सय १२ अंकको विन्दुबाट कारोबार सुरू भएको थियो । जसमा अन्तिम कारोबार समयअवधिसम्ममा ०.५९ प्रतिशतको गिरावट आएको हो । आज कारोबार रकम पनि उल्लेख्य छैन ।

कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । यसक्रममा आज सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा कम्पनी समूहमा २०० अंकको गिरावट आएको छ ।

यस्तै, जीवन बीमा समूहमा ११७ अंकको गिरावट आउँदा व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा २४ अंकको तथा जलविद्युत समूहमा २२ अंकको गिरावट आएको छ ।

आज नेष्डो लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप