रुससँगको सीमामा थप अमेरिकी सेना राख्न पोल्यान्डको आग्रह

पोल्यान्डका एक वरिष्ठ नेताले युरोपमा अमेरिकी सेनाको उपस्थितिलाई व्यापक बढाउन आग्रह गरेका छन् । यो विशेषगरी रुससँग सीमाना जोडिएका मुलुकहरुमा राख्न उपप्रधानमन्त्री जारोस्ल काजिन्स्कीले आग्रह गरेका हुन् । उनले पोल्यान्डमा परमाणुु हतियारको अखडा राख्न पनि आग्रह गरेका छन् ।
‘यदि अमेरिकाले युरोपमा हालको १ लाख सेनालाई बढाएर १ लाख ५० हजार पुु¥याएमा पोल्यान्ड खुसी हुने थियो । यो हामीले रुसको बढ्दो आक्रामकतालाई लिएर आग्रह गरेका हौ,’ जारोस्ललाई उद्धृत गर्दै जर्मन अखबार वेल्ट एम सोनट्यागले उल्लेख गरेको छ ।
पोल्यान्डको सत्तारुढ दलका प्रमुख समेत रहेका जारोस्लले युरोपमा ७५ हजार अमेरिकी सेना नेटोको पूर्वीतर्फ स्थायी रुपमा खडा गरिनुपर्ने बताएका छन् । यसको परिचालनले मस्कोले युक्रेनबिरुद्ध सैन्य आक्रमण गर्नु पूर्व पुरै युुरोपमा झन्डै १ लाख अमेरिकी सेनाको बराबरी हुनेछ ।
पोल्यान्डले आफ्नो सीमामा परमाणुु हतियार राख्न समेत राजी भएको जारोस्लले बताएका छन् । वार्साले युद्धको जवाफमा कडा प्रतिबन्धका लागि आग्रह गरेको छ । यसमा रुसलाई पुरै युरोपको कडा व्यापार प्रतिबन्ध पनि समावेश छ । पोल्यान्डले गत महिनानै युक्रेनलाई मिग फाइटर जेट दिने समेत बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का