शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रमितले फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने

सोमबार, २१ चैत २०७८, १२ : ४०
सोमबार, २१ चैत २०७८

अभिनेता रमित ढुंगानाले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’को बिषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् । उनी अहिले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने तयारीमा छन् । त्यसपछि उनको ‘पृथ्वीनारायण शाह’ बनाउने योजना हो ।

‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएर संसारमा चिनिएका उनी यतिबेला रोल्पामा छन् । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।

केही समयअघि मात्रै नेकपा माओवादी  केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेको जनयुद्ध स्मृति भ्यु टावरमा उनले अवलोकन गरेका छन् । रोल्पाको समग्र भूभाग देखिने र जनयुद्धको स्मृतिमा बनेको उक्त टावर अनि रोल्पाका विभिन्न स्थानमा घुम्न पाउँदा प्रफुल्ल भएको उनी बताउँछन् ।

रोल्पा जिल्ला देशकै घुम्नुपर्ने जिल्लामध्ये एक भएको र आफू यहाँ आएर प्रत्यक्ष रुपमा रोल्पाको प्रकृतिसँग साक्षात्कार गर्न पाउँदा आनन्दको महशुस भएको उनले बताए । रमितले थुप्रै फिल्म समेत अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप