एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त
एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन् । १६ वर्षभन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् । उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड,कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ । नविल बैँकमै उनले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए । यसअघि पौडेल नेपाल बैंकको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए । यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ ।
एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा कम्पनीले गरेको छ ।
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफ्वान सफ्ट अन्तरगत इसेवा, फोन पे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टैनोलिोजिज, बससेवा लगायतका स्थापित कम्पनी रहेका छन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायतका सोलुसन प्रयोग हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की