सांसद पद फुकुवाको माग गर्दै दायर रिट कार्की र सुवेदीको इजलासमा
जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ ।
रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै सर्वोच्च पुगेका हुन् । उनको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २२ असोज, २०७७ सालमा संघीय संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । र, रिटलाई अग्राधिकार दिने निर्णय गरेको थियो । त्यस यता सर्वोच्चले रिटको ९ पटक पेसी त तोक्यो तर हरेक पटक ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो ।
पप्पु कन्स्ट्रक्सनका अध्यक्षसमेत रहका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा १९ असोज, २०७५ मा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए । उनको निर्माण कम्पनीले देशभर पुलको ठेक्का अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो । २०७४ सालमा भएको संघीय निर्वाचनमा उनी पर्सा क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने