स्यूचाटारमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सोमबार, २१ चैत २०७८, १० : ०५
काठमाडौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार साँझ बागमती प्रदेश–०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सन्जिव शर्माले रातोपाटीलाई बताए ।
डिभाइडरमा मोटरसाइकल ठोक्किएर गम्भिर घाइते भएकी दर्नालको उपचारको क्रममा कलंकीस्थित नेशनल अस्पतालमा गएराति मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।