युक्रेन युद्ध : पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे
सोमबार, २१ चैत २०७८, ०९ : ५५

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् । राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् ।
देश छाड्नेहरू मध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।
युद्ध भएपछि १५८ बालबालिकाको मृत्यु भएको २५८ जना घाइते भएको युक्रेनले जनाएको छ । युक्रेनको महान्यायधिवक्ताको कार्यलयका अनुसार युद्धका कारण सबैभन्दा बढी बालबालिका राजधानी किभ र त्यसपछि दोनेत्सकमा प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग