विनय र नम्रता १४ वर्षपछि स्क्रिन सेयर गर्दै
सोमबार, २१ चैत २०७८, ०९ : ३२
![विनय र नम्रता १४ वर्षपछि स्क्रिन सेयर गर्दै](https://rpcdn.ratopati.com/media/albums/Namarat-Vinay-Saruk-and-Team-Grahan-3_oHcv8ZoHrw.jpg)
नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो ।
घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ ।
‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ । कथा निर्देशक गुरुङ हुन् ।
थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानरमा निर्माण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?
-
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
-
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
-
कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?
-
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल
-
जसपा नेपालमा भयो कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?