जीतुले भने, ‘मुन्द्रेको कमेडी क्लब छिट्टै आउँछ’
हास्य कलाकार जीतु नेपालले टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ छिट्टै आउने बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस बिषयमा जनाकारी दिएका हुन् । फोन, म्यासेज र सामाजिक मार्फत ‘मुन्द्रेको कमेडी क्लब’ कहिले आउछ ? भन्ने प्रसंसकको प्रश्नको हरेक पल सामना गर्दै आएका उनले शो चाडै ल्याउने तयारीमा आफू रहेको समेत जानकारी दिए ।
‘आउँछ छ हजुर आउँछ । अब चाँडै नै आउछ’ उनले पोष्टमा अगाडि लेखेका छन् ‘फरक बिषयबस्तु, नयाँ सदस्यहरु र नयाँ सेटमा ‘मुन्द्रेको कमेडी क्लब’ आउँछ ।’ आफु चाडै कार्यक्रमको तयारीमा रहेको जानकारी दिएका उनले अगाडि थपे ‘हामी यसको तयारीमा छौ । चाडै नै नयाँ प्रोमो सहित जानकारी दिने छौ ।’ उनले ‘मुन्द्रेको कमेडी क्लब’को बारेमा चासो दिनेलाई धन्यवाद समेत भनेका छन् ।
केही अगाडि धेरैको चाहना रहेकोले ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरू गर्ने सोच रहेको बताएका जीतुले हिजोका कमीकमजोरीलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहितका साथ आउने जानकारी दिएका थिए ।
सोही क्रममा कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति भने टुंगो नभएको समेत बताएका उनले अहिले पनि टेलिभिजन र मिति भने सार्वजनिक गरेका छैनन् । छिट्टै शो प्रोमो मार्फत सार्वजनिक गर्ने उनले बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ जीतुले शो कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै एक कार्यक्रम गर्दै बन्दको घोषणा गरेका थिए ।
‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफै होष्ट रहेको शोमा उनीसहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन् । सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन
-
टी–२० विश्वकप क्रिकेट : औपचारिक अभ्यास खेलमा नेपालको प्रतिद्वन्द्वी क्यानडा र अमेरिका
-
बिच बजारमा पनि ध्यान सम्भव छ ?
-
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
-
ढुक्क भएर विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह