सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

टोटेनहमको गोल वर्षा

सोमबार, २१ चैत २०७८, ०७ : ४१
सोमबार, २१ चैत २०७८

टोटेनहमले प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले टोटेनहमले न्युकासल युनाइटेडलाई ५–१ गोल अन्तरले हराएको हो ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता न्युक्यासलले लिएको थियो । फाबियनले खेलको ३९ औँ मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । टोटेनहमका लागि ४३ औं मिनेटमा बेन डेभिसले बराबरी गोल फर्काए । ४८ औँ मिनेटमा माट डोहर्टीले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए ।

सन ह्युङ मिनले ५४ औँ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–१ को अग्रता दिलाए । ६३ औँ मिनेटमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमको अग्रता ४–१ को बनाए । त्यसपछि ८३ औँ मिनेटमा स्टिभेन बेर्जविजनले गोल गर्दै टोटेनहमलाई ५–१ को जित दिलाए ।

जितसँगै टोटेनहमले शीर्ष चारमा आफूलाई बलियो बनाएको छ । लिगमा ३० खेलमा ५४ अङ्क जोडेको छ । पराजित न्युकासल ३१ अंक जोडेर १५ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप