भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै
भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको छ ।
परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश १३ चैतमा दिएपछि परीक्षा हुने भएको हो ।
आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।
गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो । भन्सार एजेन्टको परीक्षा सोही वर्षको २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए । यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो ।
६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस