शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्लोरिडा एटलान्टिक युनिभर्सिटीको छात्रवृत्तिका लागि आवेदन खुला

आइतबार, २० चैत २०७८, २२ : ००
आइतबार, २० चैत २०७८

फ्लोरिडा एटलान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् ।  युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो ।  यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् । 

यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा शुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तिको कुल रकम ६००० डलर प्रति वर्ष रहेको जनाइएको छ । 

यसका लागि  विद्यार्थीहरूले मे १ सम्ममा आवेदन दिइसकेको हुनुपर्नेछ ।  यस्तै  न्यूनतम GPA M 3=5 - 4=0 U=S=  ग्रेडिङ स्केलमा र  SAT jf ACT स्कोर पेश गर्नुपर्नेछ  । स्टडी ग्रुपका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले आफूहरुले अग्रणी शिक्षा प्रदायकको रुपमा युके, युरोप, नर्थ अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विश्व–विद्यालयहरुसँग सहकार्य गर्दै बताए ।

 फ्लोरिडा एटलान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर १७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध रहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप