पर्साका जसपा सहसचिव माओवादी प्रवेश

जनता समाजवादी पार्टी नेपालका पूर्व जिल्ला सहसचिव मोहम्मद शफिक गदी सहितका एक दर्जन नेता तथा कार्यकर्ता नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन् । आइतबार मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा नवआगन्तुकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन।
सोही अवसरमा प्रचण्डले आफू एकपटक जगरनाथपुर आउने बचन दिएका छन्। उनले हिमाल, पहाड, मधेस÷तराई सबैतिर माओवादी केन्द्रको पक्षमा लहर आएको बताउँदै माओवादी नै पहिचान र अधिकारको पक्षमा रहेको स्पष्ट पारे । नव प्रवेशीहरुले मधेसी र मुस्लिम समुदायका जनताको अधिकारको प्रत्याभूति माओवादीले दिने भएकोले आफूहरु अन्य दल परित्याग गरेको बताएका थिए । आफूहरुले पर्सा जिल्लालाई माओवादीमय बनाउने उनीहरुको अठोट छ ।
नवप्रवेशी गदीले जालिम मियाँ एमालेमा गएपनि आफूहरुले माओवादीलाई उक्त स्थानमा जिताएर पठाउने विश्वास दिलाए । यसरी प्रवेश गर्नेहरुमा जगरनाथपुर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बिस्मिल्लाह खातुन, राजकिशोर साह, सगिर मिया गदी,कासिम मिया गदी, मुखलाल राउत गदी, प्रभुराम, अनारुल राउत गदी, सहिम मिया, आशामन नेशा, अन्सारीले प्रवेश गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्