बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनीको सहकारी दर्ता कार्यालय दाङमा

आइतबार, २० चैत २०७८, १९ : १४
आइतबार, २० चैत २०७८

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसरमा आइतबार एक कार्यक्रम गरी राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो ।

प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन लगायतका कार्य गर्न कार्यलय स्थापना गरिएको बताउँदै  यसअघि मन्त्रालयले नै गर्दै  आएको काम यहि कार्यालयबाट हुने बताए । केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरूलाई हेरिरहेको मन्त्री खड्काले बताए ।

अझै पनि सहकारी व्यवस्थित हुन नसकेको भन्दै त्यसलाई व्यवस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने र सहकारी लाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउनुपर्ने बताए । सोहि कार्यक्रममा बोल्दै प्रदेशको बर्खे अधिवेशन दाङबाटै सञ्चालन गर्ने तयारी भइरहेको र छिट्टै प्रदेशस्तरीय कार्यालय देउखुरी सार्ने तयारी भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप