एमाले रौतहटको पहिलो बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक सम्पन्न भएको छ । जिल्लाको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति भवनमा आइतबार एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथ ग्रहणपछि बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।
जिल्लाका केही स्थानीय तहमा बाँकी रहेका वडा कमिटीहरूको गठन तथा एकतासहितको पुनर्गठन गर्ने बैठकले निर्णय गरेको छ । चैत्र २१ गते अर्थात भोलि एकैसाथ सम्पूर्ण वडाहरूको अधिवेशन तथा बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र २६ गतेभित्र बाँकी रहेका पालिका कमिटीहरुको एकता अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले चैत्र २६ गते सम्पूर्ण वडा कमिटीहरुको बैठक बसी वडाका उम्मेदवार तथा २८ गते नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन् । उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्न नभए कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न बैठकले निर्देशन दिइएको छ ।
अगामी चैत्र ३० गते भित्र जनसंगठनहरुको वडादेखि जिल्लासम्मको कमिटी गठन गर्न सम्बन्धित जनसंगठनलाई निर्देशन दिएको छ । त्यसैगरी बैठकले निवेश यादवलाई सञ्चार तथा प्रचार प्रसार प्रमुखको जिम्मेवारी दिएको छ भने गौरस्थित जिल्ला कार्यालयको सचिवमा राजेश साह, गरुडास्थित कार्यालयमा विजय साह र अन्जनी साह तथा चन्द्रपुर कार्यालयमा प्रहलाद पौडेललाई जिम्मेवारी दिएको एमाले जिल्ला सचिव बालबिक्रम कार्कीले जानकारी दिएका छन् । बैठकमा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वाहा,प्रदेश उपाध्यक्ष आरती भण्डारी,जिल्ला ईन्चार्ज उपेन्द्र साह,प्रदेश सदस्य रामजी साह,सभासद अबुल कलाम आजाद लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’