शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एमाले रौतहटको पहिलो बैठक सम्पन्न

आइतबार, २० चैत २०७८, १९ : ०२
आइतबार, २० चैत २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै पहिलो बैठक सम्पन्न भएको छ । जिल्लाको मध्यभाग गरुडास्थित तुल्सीलाल स्मृति  भवनमा आइतबार एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित जिल्ला सदस्यहरुलाई अध्यक्ष त्रिभुवन साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथ ग्रहणपछि बसेको जिल्ला कमिटीको प्रथम विस्तारित बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । 

जिल्लाका केही स्थानीय तहमा  बाँकी रहेका वडा कमिटीहरूको गठन तथा एकतासहितको पुनर्गठन गर्ने बैठकले निर्णय गरेको छ ।  चैत्र २१ गते अर्थात भोलि एकैसाथ सम्पूर्ण वडाहरूको अधिवेशन तथा बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र २६ गतेभित्र बाँकी रहेका पालिका कमिटीहरुको एकता अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले चैत्र २६ गते सम्पूर्ण वडा कमिटीहरुको बैठक बसी वडाका उम्मेदवार तथा २८ गते नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन्  । उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्न नभए कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न बैठकले निर्देशन दिइएको छ ।

 अगामी चैत्र ३० गते भित्र जनसंगठनहरुको वडादेखि जिल्लासम्मको कमिटी गठन गर्न सम्बन्धित जनसंगठनलाई निर्देशन दिएको छ । त्यसैगरी बैठकले निवेश यादवलाई सञ्चार तथा प्रचार प्रसार प्रमुखको जिम्मेवारी दिएको छ भने गौरस्थित जिल्ला कार्यालयको सचिवमा राजेश साह, गरुडास्थित कार्यालयमा विजय साह र अन्जनी साह तथा चन्द्रपुर कार्यालयमा प्रहलाद पौडेललाई जिम्मेवारी दिएको एमाले जिल्ला सचिव बालबिक्रम कार्कीले जानकारी दिएका छन् । बैठकमा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वाहा,प्रदेश उपाध्यक्ष आरती भण्डारी,जिल्ला ईन्चार्ज उपेन्द्र साह,प्रदेश सदस्य रामजी साह,सभासद अबुल कलाम आजाद लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप