सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको १३५औ शाखा चितवनमा

आइतबार, २० चैत २०७८, १८ : ५६
आइतबार, २० चैत २०७८

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगरमा १३५औशाखा कार्यालय स्थापना गरी आइतबारबाट    कारोबार शुभारम्भ गरेको छ । यो सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ ।  

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 

सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप