बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस मकवानपुरको कोषाध्यक्षमा गौतम, कार्यसम्पादन र संसदीय समिति गठन

आइतबार, २० चैत २०७८, १८ : ५३
आइतबार, २० चैत २०७८

नेपाली काँग्रेस मकवानपुरको कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले गौतमलाई कोषाध्यक्षमा मनोनित गर्नुको साथै कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको हो ।

बैठकले १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । संसदीय समितिको सदस्यहरूमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत, ईश्वर पाठक, सह–सचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बजगाईँ, कोषाध्यक्ष होमनाथ गौतम, प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, रामबाबु बानियाँ, गोपीलाल विश्वकर्मा र खेमबहादुर प्रजा रहेका छन् ।

त्यस्तै बैठकले ८ पदाधिकारीसहित २८ सदस्यीय जिल्ला कार्यसम्पादन समिति मनोनित गरेको छ । समितिको सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, अर्जुन तिवारी, मोमलाल दोङ, अर्जुनप्रसाद चौलागाई, ताराकुमारी राई कार्की रहेका छन् । त्यस्तै कालु घलान, भुवनलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, इन्द्रकुमार बर्तौला, डम्बरबहादुर विक, खेमबहादुर प्रजा, प्रमिला खतिवडा, राजकुमार गोले, सोममाया मोक्तान, कृति ग्लान, गोपी बल लामा र नवराज लामा मनोनित भएका छन् ।

त्यस्तै बैठकले संगठन र युवा तथा खेलकुद विभाग गठन गरेको छ । संगठन विभागमा शैलेन्द्रराज बानियाँ युवा तथा खेलकुद विभागमा अर्जुन तिवारीलाई मनोनित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप