युवाहरूलाई योजना सुझाउन कामनपा मेयर उम्मेदवार सुनिताको अपिल
वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाबाट मेयरको उम्मेदवार बन्ने घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रका लागि एजेण्डामा सुझावका लागि अपिल गरेकी छिन् । उनले काठमाडौं महानगरलाई कस्तो सहरको रुपमा विकास गर्दा हुन्छ भन्ने भिजन र योजनाहरु आम युवाहरूबाट जान्न चाहेको समेत बताएकी छन् ।
‘यहि बैशाख ३० देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन हुँदैछ,’ उनले सामाजिक संजालमा सार्वजनिक गरेको अपीलमा भनेकी छिन्– ‘उक्त निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने मैले यसअघि नै घोषणा गरिसकेको तथ्य विदितै छ ।’ उनले सांस्कृतिक सहर एवं मुलुककै राजधानी सहरका रुपमा रहेको काठमाडौँ महानगरलाई कस्तो सहरको रुपमा विकास गर्दा हुन्छ भन्ने भिजन तथा योजनाहरु म आम युवाहरुको तर्फबाट जान्न चाँहन्छ भन्दै उनले अगाडि भनेकी छन् ‘उक्त भिजन तथा योजनाहरुलाई मैले निर्माण गर्न गइरहेको प्रतिबद्धता पत्रमा योजनाहरुको रुपमा समावेश गर्नेछु । तसर्थ सवै इच्छुक महानुभाहरुमा भिजन तथा योजनाहरु पठाउनु भई मलाई सहयोग गर्नका लागि यही अपील मार्फत आग्रह गर्दछु ।’
उनले सुझावका लागि आफ्नो जिमेल ठेगाना पनि सार्वजनिक गरेकी छन् । सुनिता सौदर्य प्रतियोगीता मिस नेवाः विजेता पनि हुन् ।