बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिक्किम पुगेर फिल्म ‘ग्रहण’ घोषणा

आइतबार, २० चैत २०७८, १८ : ३७
आइतबार, २० चैत २०७८

नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्मको घोषणा आइतबार सिक्किम स्थित गान्तोकमा भयो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको थियो ।

फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको मुख्य भुमिका रहनेछ । थ्रीलर ड्रामा जनरामा निर्माण हुने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुन लागेका हुन् । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने घोषणा कार्यक्रममा सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्मा, फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, कलाकारहरु विनय श्रेष्ठ , नम्रता श्रेष्ठ , सारुक ताम्राकार, निर्देशक राजीव गुरुङ , प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो । 
सिक्किममै रहेका निर्देशक साम्तेन भुटिया पनि कार्यक्रममा सहभागी थिए । 

सिक्किममा छायांकन गरिने फिल्मले दुबै देशको पर्यटनमा सघाउने विश्वास मन्त्री शर्माले व्यक्त गरे । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यहिँ अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् उनीहरुले एक करोड रुपैयाँ पाउनेछन्’ मन्त्री शर्माले भने । ‘हामी स्वागत गर्दै तपाईलाई चाहिने सहयोग गर्न तत्पर छौँ । हाम्रो सुन्दरतालाई कैद गर्न आएका फिल्मकर्मीलाई हामी सदैव सहयोग गर्न तयार छौँ । यहाँसम्म आइदिनु भएकोमा हामी आभारी छौँ’ सञ्चार सचिव बस्नेतले भने । 

सिक्किम फिल्म प्रोमोसन बोर्डका अध्यक्ष शर्माले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिक्किमको फिल्म पोलिसीको बारेमा समेत बताइन् । ‘सिक्किममा ७५  प्रतिशत छायांकन गर्ने फिल्म र ५० प्रतिशत कलाकार र प्राविधिकलाई फिल्ममा सहभागिता जनाउने पोलिसी सिक्किम सरकारको छ । हामी यहाँ ग्रहण टिमलाई हरेक पक्षमा सहयोग गर्न तत्पर छौँ’ बोर्ड अध्यक्ष शर्माले भनिन् ।

अभिनेता विनयले यो फिल्म लभ थ्रिलर रहेको बताए । अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ले छायांकन गरेको सम्झिन् । ‘मैले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिँबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । फिल्ममा मेरो क्यारेक्टर एन्टागोनिस्ट हिरोइनको प्रेमीको हो’ उनले भने । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले यसै फिल्म मार्फत पुन एकसाथ काम गर्न लागेका हुन् । फिल्ममा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन रहेनछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप