शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नयाँ वर्षदेखि बुध्द एयरले भद्रपुर–पोखरा सिधा उडान भर्ने

आइतबार, २० चैत २०७८, १८ : २७
आइतबार, २० चैत २०७८

निजी हवाई कम्पनी बुध्द एयरले नयाँ वर्ष २०७९ देखि भद्रपुर–पोखरा सिधा उडान भर्ने भएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै आगामी बैंशाख २ गतेदेखि भद्रपुरबाट पोखरा दैनिक सिधा उडान भर्ने जानकारी दिएको हो । 
अन्तरप्रदेश यस रुटमा दैनिक दुई वटा फ्लाइट हुने जानकारी दिँदै कम्पनीले पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे नियमित फ्लाइट हुने जनाएको छ ।
यस रुटको सुरुवाती भाडादर भने ६ हजार ९०० रुपैयाँ कायम गरिएको बुद्ध एयरले जनाएको छ ।

यस किसिमको अन्तरप्रदेश उडानबाट दुबै प्रदेशका वासिन्दा मात्र नभई सीमापारी सिलगढी, दार्जिलिङ, सिक्किमबाट समेत पर्यटकहरु भित्रिन थप सहयोग पुग्ने कम्पनीले बताएको छ । यो उडान पश्चात सीमापारिबाट आएका पर्यटकहरु भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्नेछन् ।

साथै यी दुबै स्थानका लागि बुध्द एयरकै भगिनी संस्था बुध्द होलिडेजले आकर्षक होलिडी प्याकेजहरु समेत ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार ९९९ मा २ रात ३ दिनको प्याकेज उपलब्ध गराएको छ । जसमा दुईतर्फि हवाई टिकटसँगै पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट सम्मको गाडी सुविधा, लजिङ्गका साथै बिहानको ब्रेकफास्ट समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बुध्द एयरले पछिल्लो समय काठमाडौंसँगै पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ । 
हाल बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप