आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

आइतबार, २० चैत २०७८, १८ : १३
आइतबार, २० चैत २०७८

नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन ।
 
नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आइतबार बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको छ । उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ ।
 
उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ केन्द्रबाट मतदान भएको थियो । काठमाडौं केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप