शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

आइतबार, २० चैत २०७८, १८ : १०
आइतबार, २० चैत २०७८

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो । 

यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीकाअनुसार एक हजार रुपैयाँसम्मको सामान किन्दा १५० रुपैयाँ छुट मिल्नेछ भने २५ सय रूपैयाँसम्ममा ३५० रुपैयाँ र ५ हजार रुपैयाँ माथिको खरिदमा ७०० रुपैयाँ छुट पाइन्छ । 

साथै, ५०० रुपैयाँभन्दा माथिको सामान अर्डर गर्दा ग्राहकहरूले निःशुल्क डेलिभरीको सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर ४ अप्रिल २०२२ को लागि मात्र मान्य हुने कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप