मधेशमा सत्ता गठबन्धनको संयुक्त बैठक : चुनावका लागि जिल्लास्तरीय संयन्त्र बनाउने निर्णय
केन्द्रीय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा मधेश प्रदेशमा पनि पाँच दलीय गठबन्धनको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । आइतबार जनकपुरधामस्थित नेपाली काँग्रेस मधेश प्रदेशको कार्यालयमा भएको गठबन्धनको बैठकमा प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धन र तालमेलबारे छलफल भएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलका विषयमा गम्भीर छलफल भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । बैठकमा जिल्लास्तरीय संयन्त्र बनाउने, आ–आफ्नो पार्टीले पालिकाको अवस्थाबारे जिल्ला कमिटी र प्रदेश कमिटीमा जानकारी दिने, चैत २४ गतेसम्म पालिकामा पार्टीको अवस्थाबारे मूल्याङ्कनसहित रिपोर्ट लिइसक्ने र चैत २५ गते पुनः पाँच दलको बैठक बस्ने निर्णय भएको अध्यक्ष बुढाथोकीले बताए ।
अध्यक्ष बुढाथोकीले भने, ‘पाँच दलीय गठबन्धनको संयूक्त बैठकबाट जिल्लास्तरीय संयन्त्र बनाउने, पालिकाको अवस्थाबारे बुझ्ने, चैत २४ गतेसम्म आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे रिपोर्टिङ लिई चैत २५ गते पुनः बैठक बस्नेछौँ ।’
बैठकमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष बुढाथोकी, सचिव योगकुमार बरबरिया जीवन, नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेशका अध्यक्ष रामचन्द्र यादव, जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव भीमलाल पुरी लगायतको सहभागिता रहेको थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न मधेस प्रदेशमा रहेको पाँच दलीय गठबन्धनको यो पहिलो बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण