झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा युवक पक्राउ
आइतबार, २० चैत २०७८, १७ : ३७
पाल्पामा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । आइतबार बाग्लुङको गल्कोट नगरपालिका–८ काँडेवासका २३ वर्षीय मानबहादुर कँडेल पक्राउ परेका हुन् । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट झुटो विवरण पेश गरी नागरिकता निकालेका थिए ।
उनले आफु पाल्पा रामपुर नगरपालिका–१४ का पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हुँ विवरण पेश गरि नागरिकता निकालेका थिए । विवरण पेस गर्ने क्रममा उनले वडा नम्बर १४ को सट्टा १० लेखेका थिए । उक्त कुरा पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारी थाहा पाएर जाहेरी दिएका थिए । कृष्णप्रसादको जाहेरी लगत्तै कँडेललाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’