बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिनामा टिआइएबाट ६ लाख बढीले गरे आवतजावत

आइतबार, २० चैत २०७८, १६ : ५८
आइतबार, २० चैत २०७८

पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् । 

आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश  गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए । उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए । 

बितेको तीन महिनामा ७८ हजार ७४७ जना विदेशी नेपाल आएका थिए भने ६९ हजार ३२८ जना विदेशी नेपालबाट स्वदेश फर्केका थिए । सोही अवधिमा टिआइए हुँदै २ लाख ७ हजार ६९५ जना नेपाली स्वदेश फर्केका थिए । उक्त समयमा २ लाख ८५ हजार ४८ जना नेपाली विभिन्न देश गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप