सेनाको सुरक्षा घेराबीच जनकशिक्षामा मतपत्र छापिँदै

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धमाधम मतपत्र छपाइको काम भइरहेको छ । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरमा नेपाली सेनाको सुरक्षा घेराका बिच मतपत्र छपाइको काम भइरहेको हो ।
मतपत्र छपाइका लागि जनकशिक्षामा निर्वाचन आयोगबाट २० जना कर्मचारी खटिएका छन् । सेनाको उच्च सुरक्षा घेराबीच धमाधम मतपत्र छपाइको काम भइरहेको जनक शिक्षाका प्रवक्ता चित्र आर्चायले रातोपाटीलाई जानकारी दिए ।
मतपत्र छपाइको परिक्षण सकेर नमुना मतपत्र छपाई भईरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग हुने उनको भनाई छ । सोमबारदेखि भने चुनावी प्रयोजनमा प्रयोग हुने मतपत्र छपाई हुने उनले बताए ।
प्रवक्ता पौडेलले भने–‘अस्तिदेखि मतपत्र छपाइको परिक्षण सकेर नमुना मतपत्र छपाइको काम भइरहेको छ । भोलिदेखि निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम हुन्छ । नमुना मत्रपत्र निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग हुन्छ ।’
यस्तै आयोगले छनौट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूका लागि आगामी चैत ३० गतेदेखि बैशाख २ गतेसम्म तालिम कार्यक्रम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु