आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ८९९ जना सक्रिय संक्रमित

आइतबार, २० चैत २०७८, १६ : ४२
आइतबार, २० चैत २०७८

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९०९  जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना संक्रमितको निको हुने दर ९८.७ प्रतिशत रहेको  मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप