आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा टाटा मोटर्सको वार्षिक मर्मत सेवा प्याकेज

आइतबार, २० चैत २०७८, १६ : ३४
आइतबार, २० चैत २०७८

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङसँग मिलेर नेपालमा वार्षिक मर्मत सेवा प्याकेज “टाटा मोटर्स CARE+ ल्याएको छ। CARE+ सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने प्याकेज भएको कम्पनीको भनाइ छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । यद्यपि, CARE+ हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने बताइएको छ।

ग्राहकहरूले अब आफ्ना सवारी साधनहरुको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ । यसका साथै CARE+ मा सवारी मर्मत, व्हील अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि CARE+ खरिद गर्न सक्नेछन्। CARE+ प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप