मधेश राष्ट्रिय परिषद्को अध्यक्षमा सरोज राय
तराई मधेश राष्ट्रिय परिषद्को राष्ट्रिय भेला सम्पन्न भएको छ । सो भेलाले सरोज रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । परिषद्को उपाध्यक्षमा गुरू शरण सिंह, महासचिवमा अशोक यादव, सचिवमा राजकुमार महतो र कोषाध्यक्षमा गौतम राज चयन भएको अध्यक्ष रायले बताए ।
सदस्यहरूमा सिएन थारू, विकास ठाकुर, सुशील ठाकुर, चन्दन साह, प्रिती रमन, गुन्जा राय, मनिषा साह, बजरंगी यादव, दिपक कुमार यादव, आदर्श कुमार सहनी, संजय साह, जय प्रकाश यादव, सत्रु यादव, अंशु कुमार यादव, विकास कुमार यादव, सुनील कुमार यादव, नरेन्द्र यादव र आदित्य यादव रहेका छन् ।
चैत्र १८ गतेदेखि सुरु भएको राष्ट्रिय भेलाको बन्दसत्रले केन्द्रीय कार्यसमिति गठन गरेको हो । भेलामा मधेशी आयोगका अध्यक्ष डा.विजय दत्त, स्वाधीन मधेश अभियानका संयोजक कैलाश महतो, नागरिक अगुवा नारायण वाग्ले, अधिकारकर्मी तथा अभियन्ता रिता साह, अधिकारकर्मी राकेश मिश्र तथा आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले सम्बोधन गरेका थिए । दोश्रो दिनको बन्द सत्रमा परिषद्को विधान र सांगठनिक प्रतिवेदन प्रस्तुत भई पारित गरिएको थियो ।