फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूको घोषणा
हुवावे, चाइना युनिकम लगायतका कम्पनीहरुले फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूकोघोषणा गरेका छन् । यसअघि एमडब्लुसी बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूको घोषणा गरिएको थियो ।
घोषणा कार्यक्रममा एज इन्टरकनेक्सनका लागि प्राइभेट नेटवर्क, उच्च विश्वसनीय नेटवर्क र विभेदित सेवाहरुको लागि अनुकूलित नेटवर्क स्लाइसिङ फाइभ जीको विकास र औधोगिक डिजिटाइलेजसलाई बढावा दिइरहेको समेत जानकारी दिएको छ ।
ह्वावे, चाइना युनिकम, जीएसमएमए, मिडिया फेरोटिक, च्याङ आन अटो मोबाइल लगायतको संयुक्त आयोजनामा भएको कार्यक्रममा चाइना युनिकमका उपाध्यक्ष लिवाङबाजो सम्बोधन गरेका थिए । उनले चाइना युनिकमले आफ्नो फाइभ जी एप्लिकेशन कार्ययोजना (२०२२–२०२५) लाई पाँचवटा मुख्य लक्ष्यहरु हासिल गर्ने अभियान जारी राखिएको बताए ।
चाइना युनिकमका उपाध्यक्ष लियाङ बाओजुनले उक्त कार्यक्रममा चाइना युनिकमले आफ्नो फाइभ जी एप्लिकेसन “सेलिङ” कार्ययोजना (२०२२-२०२५) लाई पाँच वटा मुख्य लक्ष्यहरू हासिल गर्न जारी राखेको बताए । यसमा कम्प्युटिङ-नेटवर्क एकीकरणको जग बलियो बनाउने, फाइभ जी को इन्टिग्रेसन र इनोभेसनलाई गहिरो बनाउने, फाइभ जी एप्लिकेसन सुरक्षा प्रवर्द्धन गर्न, इनोभेटिभ फाइभ जी एप्लिकेसनहरू सिर्जना गर्ने, साझेदारहरूसँग काम गर्ने र अन्तमा यी एप्लिकेसनहरू रेप्लिकेट गर्ने रहेका छन् । यी कार्यहरूले फाइभ जी एप्लिकेसनहरूको व्यावसायिक रूपान्तरणलाई गति दिन मद्दत गर्नेछ, सूचना उपभोग, भर्टिकल उद्योग र सामाजिक आजीविका जस्ता थप क्षेत्रहरूलाई डिजिटल गर्न सक्षम पार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?