नेप्सेमा ३० अंकको गिरावट, १ अर्ब ४६ करोड रुपैयाँको मात्र कारोबार

साताको पहिलो कारोबार दिन (आइतबार) नै नेप्से सूचकमा ३० अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ३०.८९ अंकले घट्दै २५ सय १३.४१ अंकमा झरेको हो ।
यस दिन यता क वर्ग सेन्सेटिभ इन्डेक्स समेत ६.४४ अंकले घटेर ४६९.०३ अंकमा झरेको नेप्सेले जनाएको छ ।
३० अंक माथिले घटेको बजारमा आज कारोबार पनि १ अर्ब ४६ करोड रुपैयाँको मात्र भएको छ । यस दिन म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय उत्थान लघुवित्त संस्थाका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने इमर्जिङ्ग नेपाल लिमिटेड र नेष्ठो लुवित्त कम्पनीका सेयर धनिहरुले समान ९.९९ प्रतिशतले कमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीका सेयरधनीहरुले ५.०२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर