शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा ३० अंकको गिरावट, १ अर्ब ४६ करोड रुपैयाँको मात्र कारोबार

आइतबार, २० चैत २०७८, १६ : ०४
आइतबार, २० चैत २०७८

साताको पहिलो कारोबार दिन (आइतबार) नै नेप्से सूचकमा ३० अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ३०.८९ अंकले घट्दै २५ सय १३.४१ अंकमा झरेको हो । 
यस दिन यता क वर्ग सेन्सेटिभ इन्डेक्स समेत ६.४४ अंकले घटेर ४६९.०३ अंकमा झरेको नेप्सेले जनाएको छ । 

३० अंक माथिले घटेको बजारमा आज कारोबार पनि १ अर्ब ४६ करोड रुपैयाँको मात्र भएको छ । यस दिन म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय उत्थान लघुवित्त संस्थाका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने इमर्जिङ्ग नेपाल लिमिटेड र नेष्ठो लुवित्त कम्पनीका सेयर धनिहरुले समान ९.९९ प्रतिशतले कमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीका सेयरधनीहरुले ५.०२ प्रतिशतले गुमाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप