प्रतिगमनकारी विरुद्धको गठबन्धन कायम रहिरहन्छ : अध्यक्ष प्रचण्ड
![प्रतिगमनकारी विरुद्धको गठबन्धन कायम रहिरहन्छ : अध्यक्ष प्रचण्ड](https://rpcdn.ratopati.com/media/albums/prachanda_qS5GHc4hhx_GMjdLdLaQI.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताएका छन् । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताएका हुन् ।
उनले भने, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रियाका बिकी काम सक्ने छौं ।’
अध्यक्ष प्रचण्डले माओवादी सकियो भनिए पनि झन् बलियो हुँदै गएको बताए । उनले सबैलाई अधिकार माओवादीले नै दिएको पनि बताए । उनले माओवादीले देशलाई संकटबाट मुक्त गरेको, विकासको थालनी पनि माओवादीले गरेको बताए । उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताए । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको स्मरण गर्दै उनले देशका उत्कृष्ट स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बताए । उनले अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताए । माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला