प्रतिगमनकारी विरुद्धको गठबन्धन कायम रहिरहन्छ : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताएका छन् । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताएका हुन् ।
उनले भने, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रियाका बिकी काम सक्ने छौं ।’
अध्यक्ष प्रचण्डले माओवादी सकियो भनिए पनि झन् बलियो हुँदै गएको बताए । उनले सबैलाई अधिकार माओवादीले नै दिएको पनि बताए । उनले माओवादीले देशलाई संकटबाट मुक्त गरेको, विकासको थालनी पनि माओवादीले गरेको बताए । उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताए । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको स्मरण गर्दै उनले देशका उत्कृष्ट स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बताए । उनले अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताए । माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण