रमजान महिना सुरु, हेर्नुहोस् तस्बिरहरू

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ ।
पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए ।
रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नुपर्छ ।
छिमेकी मित्र राष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्रदोदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने जानकारी राष्ट्रिय मदरसा सङ्घ नेपालले दिएको छ ।
राष्ट्रिय मदरसा सङ्घ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार नेपालमा कोभिड–१९ महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुल्ला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?