प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरे ।
सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो ।
नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।
यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवा भोजको आयोजना गरे । त्यसअघि उहाँहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँ दिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
-
फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
-
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
-
महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले गरेन जसपा नेपाललाई अद्यावधिक