शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा लागु औषधसहित दुई युवक पक्राउ

आइतबार, २० चैत २०७८, १५ : ०६
आइतबार, २० चैत २०७८

सिरहामा लागु औषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  लहान नगरपालिका २३ का ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनी रहेका छन् ।  सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य २ जना लागुऔषध कारोबारी भने फरार भएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट लागुऔषध नुफिन ३ सय एम्पुल, प्रोमेथाजोन हाइड्रो क्लोरिडिन २ सय ५१ एम्पुल, डाईजिपाम २ सय ९८ एम्पुल र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप